१० आश्विन २०८३, शनिबार
अर्थ बैंक–वित्त मुख्‍य समाचार

अब शेयरबजारमा गरेको लगानी बैंक तथा वित्तीय संस्थाले ४५ दिनमै फिर्ता लिन सक्ने

काठमाडाैँ । बैंक तथा वित्तीय संस्थाले अब शेयरबजारमा गरेको लगानी ४५ दिनमै फिर्ता लिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले पुँजीबजारमा गरेको लगानी ४५ दिनपछि बेचेर लगानी फिर्ता लिन सक्ने व्यवस्था गरेको हो ।

यसअघि बैंकहरूले नेप्सेमा सूचीकृत कुनै पनि कम्पनीको शेयर खरिद गर्दा कम्तीमा ६ महिना नपुगी बेच्न पाउने थिएनन् । राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूलाई नाफा–नोक्सान जे भए पनि शेयरबजारबाट आफ्नो लगानी छिटो उठाउन सहज भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनअघि २१ बुँदे पुँजीबजार सुधार कार्ययोजना सार्वजनिक गरेका थिए । उक्त कार्ययोजनाको एउटा महत्त्वपूर्ण योजनामा बैंकहरूको लगानी फिर्ताको सहजीकरण गरिने उल्लेख थियो । सोही बुँदाअनुसार बिहीबार राष्ट्र बैंकले निर्देशन जारी गरेको हो ।

निर्देशनअनुसार धितोपत्र बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा ४५ दिनभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाइनेछ । यसबाहेक कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा अल्पकालीन लगानी गर्न नपाउने व्यवस्था पनि केन्द्रीय बैंकले थप गरेको छ । तर, बैंक तथा वित्तीय संस्थाले यो व्यवस्था कार्यान्वयन गर्न लगानी नीति तथा कार्यविधि स्वीकृत गराएर मात्र गर्नुपर्ने सर्त केन्द्रीय बैंकले तोकेको छ ।

सरकारी सुरक्षणपत्र, नेपाल राष्ट्र बैंक ऋणपत्र तथा संगठित संस्थाहरूको शेयर तथा डिबेञ्चरमा गरिने लगानीसम्बन्धी नीति तथा कार्यविधि सञ्चालक समितिबाट स्वीकृत गराएर लागू गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

थप समाचारहरु

बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र
बैंक–वित्त

‘अब तापक्रम घट्दै जान्छ, गर्मीबाट राहत मिल्छ’

२८ जेठ, काठमाडौं। अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आइतबार (आज)