१० आश्विन २०८३, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वर्षाका कारण खेल १५ ओभरमा छोट्याइएको थियो । निर्धारित १५ ओभरमा नेपालले चार विकेट गुमाउँदै १४९ रन बनाएको हो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५७ रन बनाए । उनले ३२ बलको सामना गर्दै पाँच चौका र तीन छक्का प्रहार गरे , उनी नटआउट रहे ।

यस्तै, लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ५२ रन बनाए । उनले ६ छक्का र एक चौका प्रहार गरे । बमले खेलको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन् ।

ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाए । कुशल भुर्तेल १२ बलमा चार रन बनाएर आउट भए । त्यस्तै, कुशल मल्ल र गुल्सन झा समान दुई रनमा पवेलियन फर्किए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected