३ आश्विन २०८३, शनिबार
खेलकुद समाचार

बायर्नको फराकिलो जित, ओलिसेको ह्याट्रिक; केनले बनाए १०० गोलको कीर्तिमान

काठमाडौं । माइकल ओलिसेको ह्याट्रिक तथा ह्यारी केनको कीर्तिमानी १००औँ बुन्डेसलिगा गोलको मद्दतमा बायर्न म्युनिखले युनियन बर्लिनलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

बायर्नको जितमा ओलिसेले तीन तथा केनले दुई गोल गरे । जमाल मुसियाला र इस्माइल सैबारीले एक–एक गोल थपे । यो जितसँगै बायर्नले जारी बुन्डेसलिगा सिजनमा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

खेलको १८औँ मिनेटमा मुसियालाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । अल्फोन्सो डेभिसको उत्कृष्ट प्रयासपछि आएको अवसरमा मुसियालाले करिब २० यार्ड टाढाबाट शानदार गोल गरेका थिए ।

३९औँ मिनेटमा ओलिसेलाई टम रोथेले पेनाल्टी क्षेत्रमा लडाएपछि बायर्नले पेनाल्टी पायो । उक्त पेनाल्टीमा केनले गोल गर्दै टोलीको अग्रता २–० बनाए ।

त्यस गोलसँगै केनले बुन्डेसलिगामा १०० गोल पूरा गरे । उनले ९८ खेलमै १०० गोल पूरा गर्दै जर्मन शीर्ष डिभिजनमा सबैभन्दा छिटो यो उपलब्धि हासिल गर्ने खेलाडीको कीर्तिमान बनाए । यसअघि डाइटर मुलरले १२९ खेलमा १०० गोल पूरा गरेका थिए ।

पहिलो हाफ सकिन दुई मिनेटअघि ओलिसेले बायर्नका लागि तेस्रो गोल गरे । ५४औँ मिनेटमा ओलिसेको उत्कृष्ट क्रसमा हेड गर्दै केनले व्यक्तिगत दोस्रो गोल गरे । यससँगै उनले बुन्डेसलिगामा आफ्नो गोल संख्या १०१ पुर्‍याए ।

७०औँ मिनेटमा पीएसभीबाट यसै सिजन बायर्न आएका सैबारीले गोल गर्दै टोलीको अग्रता ५–० बनाए । त्यसपछि ओलिसेले ७७औँ र ८०औँ मिनेटमा लगातार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे ।

सन् २०२३ मा बायर्नमा आबद्ध भएयता केनले सबै प्रतियोगितामा १५४ खेलमा १५२ गोल गरिसकेका छन् । गत सिजन उनले ५१ खेलमा ६१ गोल गरेका थिए । जारी सिजन भने सात खेलमा उनको गोल संख्या ६ पुगेको छ ।

युनियन बर्लिनविरुद्ध दुई गोल गरेसँगै केनले उक्त टोलीविरुद्ध सात खेलमा सात गोल गरेका छन् । उनको सबैभन्दा बढी गोल गर्ने विपक्षी भने स्टुटगार्ट हो, जसविरुद्ध उनले सात खेलमा १० गोल गरेका छन् ।

‘१०१ बुन्डेसलिगा गोल पूरा गर्दा मलाई निकै गर्व लागेको छ । यहाँ बिताएको छोटो समयमै मैले हरेक क्षणको आनन्द लिएको छु,’ केनले भने । ‘यी खेलाडीहरूसँग खेल्दा मैले अवसरहरू पाइरहेको छु । खेल संख्याभन्दा गोल बढी हुनु पनि राम्रो तथ्यांक हो ।’

केनको बायर्नसँगको सम्झौता जारी सिजनको अन्त्यमा सकिँदैछ । क्लबमा आफ्नो भविष्यबारे छलफल जारी रहेको बताउँदै उनले आफू बायर्नमा निकै खुसी रहेको बताएका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected