२८ भाद्र २०८३, आईतवार
बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार समाचार

आज दर खाने दिन: माइतीमा चेलीबेटीको चहलपहल, भोलि तीजको निराहार व्रतको तयारी

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अघिल्लो दिन आज आइतबार भाद्र २८ गते मुलुकभर र विदेशमा रहेका नेपाली समुदायमा हर्षोल्लासका साथ दर खाएर मनाइँदैछ। भोलि सोमबार बसिने हरितालिका तीजको कठोर निराहार व्रतको पूर्वसन्ध्यामा आज मिठो मसिनो खाने र रमाइलो गर्ने परम्परा रहिआएको छ। माइती र चेलीको आत्मीय मिलनदर खाने दिनको मुख्य आकर्षण भनेकै चेलीबेटीहरू माइती घरमा भेला हुनु हो।

वर्षभरिको दुःख, वेदना र थकान बिर्सिएर आमा, सासू, दिदीबहिनी र साथीभाइहरू एकै ठाउँमा जम्मा भई तीजका परम्परागत गीत र भाकामा नृत्य गर्दै रमाइलो गर्ने गरिन्छ। राति अबेरसम्म खिर र मिठान्न ग्रहणशास्त्रअनुसार, भोलिपल्ट दिनभर पानीसम्म नपिई व्रत बस्नुपर्ने भएकाले त्यसको पूर्वतयारी स्वरूप आज बेलुकी र मध्यरातिसम्म शक्तिबर्द्धक परिकारहरू खाने गरिन्छ।

खीर, गुँदपाक, सेलरोटी, मिठाई, फलफूल र विभिन्न शुद्ध परिकारहरू दरका रूपमा खाने चलन छ। बदलिँदो शैली र सांस्कृतिक महत्त्वपछिल्ला वर्षहरूमा दर खाने शैलीमा केही बजारीकरण र आधुनिकता देखिए पनि यसको मौलिक मर्म भने चेलीबेटीको सुखदुःख साटासाट गर्नु र पारिवारिक सम्बन्ध प्रगाढ बनाउनु नै हो। भाकल, श्रीमान्‌को दीर्घायु, पारिवारिक समृद्धि र सुयोग्य वरको कामना गर्दै भोलि भाद्र २९ गते सोमबार हरितालिका तीजको व्रत बसिँदैछ। भोलि बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरहरूमा दर्शनार्थी भक्तजनहरूको घुइँचो लाग्नेछ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,