२० भाद्र २०८३, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

ताप्लेजुङ गोल्डकप फाइनलअघि मेसीलाई सम्मान, सलहेसले उपाधि रक्षा

ताप्लेजुङ । चौथो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपको फाइनल खेलअघि विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीलाई विशेष सम्मानसहित सम्झना गरिएको छ । शुक्रबार फाइनल खेल सुरु हुनुअघि मैदानमा मेसीको तस्बिरसहितको ब्यानर प्रदर्शन गर्दै विश्व फुटबलमा उनले पु¥याएको योगदानप्रति सम्मान व्यक्त गरिएको हो ।

आयोजकले मेसीको २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको चर्चा गर्दै अर्जेन्टिनाका लागि उनले राखेको योगदानको प्रशंसा गरेको थियो । ३९ वर्षीय मेसीले हालै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

उनले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन् भने विश्वकप उपाधिसहित छ वटा विश्वकपमा सहभागिता जनाउने कीर्तिमान पनि बनाएका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

मेसीलाई सम्मान गर्दै सुरु भएको फाइनलमा सिराहाको सलहेस युवा क्लब ले पाँचथरको फिदिम स्पोर्टिङ क्लब लाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको छ ।

उपाधिसँगै सलहेसले ७ लाख २ हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता फिदिम स्पोर्टिङ क्लबले ३ लाख ५२ हजार ८३ रुपैयाँ नगदका साथै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

सलहेस सेमिफाइनलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब, कालिम्पोङलाई २–० ले हराउँदै फाइनल पुगेको थियो भने फिदिमले झापा–११ लाई १–० ले पराजित गर्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो । दोस्रो संस्करणदेखि लगातार फाइनल खेल्दै आएको सलहेसले गत वर्ष चर्च ब्वाइज क्लब ललितपुरलाई २–० ले हराएर जितेको उपाधि यस वर्ष पनि जोगाउन सफल भएको हो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी फिदिमका अनुकेश शेर्मा घोषित भए । उनले बजाज कम्पनीको मोटरसाइकल पुरस्कार प्राप्त गरे ।

फाइनलमा सलहेसका सनिस श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। सलहेसकै दीप कार्की उत्कृष्ट गोलरक्षक, अविषेक लिम्बू उत्कृष्ट डिफेन्डर र सुशील यादव उत्कृष्ट मिडफिल्डर बने भने फिदिमका हिटेन सुहाङ उत्कृष्ट फरवार्ड घोषित भए । विभिन्न विधामा उत्कृष्ट घोषित खेलाडीहरूले जनही १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य क्षितिज थेबे, कोशी प्रदेशसभा सदस्य तथा पूर्व उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामलगायतले विजेता र उपविजेतालाई पुरस्कार वितरण गरेका थिए ।

प्रत्येक वर्ष लाखेजात्रा पर्वको अवसरमा आयोजना हुने प्रतियोगिताको यस संस्करणमा आठ टोली सहभागी थिए । प्रतियोगितामा सलहेस, फिदिम, झापा–११, जर्जियन युनाइटेड कालिम्पोङ, चित्लाङ फुटबल क्लब, सातदोबाटो फुटबल क्लब, नेपाल पुलिस क्लब र आयोजक ताप्लेजुङ–११ ले प्रतिस्पर्धा गरेका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected