१० भाद्र २०८३, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कर्णाली मन्त्रिपरिषद्का तीन महत्त्वपूर्ण निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीको नयाँ तलबमान, सामूहिक राजस्व उठाउनेसम्बन्धी विधेयक र प्रदेश सचिवको जिम्मेवारी तोक्नेलगायतका निर्णय गरेको छ ।

मुख्यमन्त्री मंगलबहादुर शाहीको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएबमोजिम प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीको नयाँ तलबमान, ग्रेड तथा प्रोत्साहन भत्ता स्वीकृत गर्ने निर्णय गरेको हो ।

त्यस्तै, कर्णाली प्रदेश सरकारको सामूहिक राजस्व उठाउने विषयमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ । बैठकले हालै कर्णाली प्रदेशमा आउनुभएका प्रदेश सचिव रमेश केसीलाई कामकाजमा खटाउने निर्णयसमेत गरेको छ ।

मन्त्रिपरिषद्का यी निर्णयसँगै प्रदेश सरकारको कर्मचारी व्यवस्थापन, राजस्व परिचालन तथा प्रशासनिक कामकारबाहीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।