३० श्रावण २०८३, शनिबार
अर्थ कर्पोरेट मुख्‍य समाचार विशेष समाचार

नाइमा एक्स्पोमा ‘चेतक’का नयाँ मोडल, सिटी राइडलाई लक्षित स्कुटरमा आकर्षण

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा विद्युतीय स्कुटर तथा मोटरसाइकलहरुले अवलोकनकर्ताहरुको ध्यान खिचेको छ । एक्स्पोमा ‘चेतक’ ब्राण्डले नयाँ दुई मोडल सार्वजनिक गरेसँगै स्टलमा अवलोकनकर्ताले चासो देखाएका छन् ।

बजाज अटो लिमिटेडले नेपालमा बजाजका दुईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल चेतक सी२५०१ र चेतक सी३५०३ सार्वजनिक गरेको हो ।

चेतककी सेल्स अफिसर अनिशा महर्जनका अनुसार कम्पनीले यसपटक एक्स्पोमा दुई नयाँ मोडल थप गरेको छ । उनका अनुसार चेतकले यसअघि नाडा ईभी एक्स्पोमा सार्वजनिक गरेको मोडलसँगै सी २५०१ र सी ३५०३ नयाँ मोडल ल्याएको हो।

महर्जनले चेतकका स्कुटरको मुख्य विशेषता मेटल बडी र बिल्ड क्वालिटी रहेको बताइन्।

उनले भनिन्,‘मुख्य विशेषता भनेको ब्रान्ड नै हो । मेटल बडी भएको यो एकदमै पुरानो ब्रान्ड पनि हो। चेतक धेरैलाई थाहा पनि छ । पहिला चलेको मोपेडवाला स्कुटरलाई नै ईभी भर्सनमा कन्भर्ट गरिएको हो ।’

उनका अनुसार नयाँ स्कुटरमा विभिन्न कलर विकल्पसँगै एप कनेक्टिभिटी, जियो फेन्सिङ, नेभिगेसन र एन्टी थेफ्टलगायतका सुविधा उपलब्ध छन्। स्कुटरमा स्पोट्र्स, इको र रिभर्स मोडसमेत रहेको उनले बताइन्।

चेतकका सेल्स म्यानेजर विष्णु पण्डितले एक्स्पोमा अवलोकनकर्ताको सहभागिता उत्साहजनक रहेको बताए। उनका अनुसार चेतकको स्टलमा तीन दिनमा एक हजार पाँचसय भन्दा बढी अवलोकनकर्ता पुगिसकेका छन्।

उनका अनुसार एक्स्पोमा चेतकका दुई नयाँ मोडल सी २५०१ र सी ३५०३ सार्वजनिक गरिएको छ । सी २५०१ लाई विशेषगरी काठमाडौं उपत्यकाको दैनिक सिटी राइडलाई लक्षित गरिएको उनले बताए ।

उनका अनुसार उक्त मोडलका आइडीसी क्लेम रेन्ज ११३ किलोमिटर रहेको छ । स्कुटरमा २.५ किलोवाट आवरको ब्याट्री र २२०० वाटको मोटर रहेको तथा हिल असिस्ट, इको, स्पोर्ट र रिभर्स मोडलगायतका सुविधा रहेको उनले जानकारी दिए ।

त्यस्तै,आइपी ६७ रेटिङ रहेकाले पानी तथा धुलोबाट समेत स्कुटरलाई सुरक्षित राख्न सहयोग पुग्ने कम्पनीको दाबी छ ।

चेतकले ग्राहकलाई बिक्रीपछिको सेवा सहज बनाउन नेपालभर रहेको नेटवर्कलाई आफ्नो प्रमुख बलका रूपमा प्रस्तुत गरेको छ । पण्डितका अनुसार कम्पनीको एकसय भन्दा बढी नेटवर्क रहेको छ, जहाँ ग्राहकले आफ्टर–सेल्स सर्भिस तथा वारेन्टीसम्बन्धी सेवा लिन सक्नेछन् ।

कम्पनीले एक्स्पोमा राखिएका नयाँ मोडलको मूल्यलाई हालका लागि इन्ट्रोडक्टरी तथा लन्चिङ मूल्यका रूपमा राखिएको जनाएको छ । एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन, प्रविधि, चार्जिङ पूर्वाधार तथा वित्तीय सुविधाबारे जानकारी लिन आउने अवलोकनकर्ताको संख्या बढिरहेको छ ।

सहर केन्द्रित विद्युतीय स्कुटर

चेतकले नयाँ विद्युतीय स्कुटर सी २५०१ शहरी आवागमनलाई लक्षित गरि आधुनिक प्रविधिसँगै मेटल बडी र व्यावहारिक डिजाइनलाई प्राथमिकता दिइएको छ ।

चेतक सी २५०१ मा २.५ किलोवाट आवरको ट्र्याक्सन ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले आइडीसी मापदण्डअनुसार ११७ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। स्कुटरको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ भने मोटरको पिक पावर २.२ किलोवाट रहेको छ ।

चार्जिङका लागि यसमा ७५० वाटको अफ–बोर्ड चार्जर उपलब्ध छ । उक्त चार्जरबाट ब्याट्रीलाई ८० प्रतिशतसम्म चार्ज गर्न २ घण्टा २५ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

सी२५०१ को प्रमुख विशेषतामध्ये यसको मेटल बडी पनि एक हो। स्कुटरमा आइपी ६७ वाटर रेसिस्टेन्स रहेको छ, जसले पानी तथा धुलोबाट स्कुटरको विद्युतीय प्रणालीलाई सुरक्षित राख्न सहयोग गर्छ। यसमा डिजिटल एलसीडी डिस्प्ले, मेकानिकल की र रिभर्स मोड पनि उपलब्ध छन्।

स्कुटरमा सामान राख्नका लागि २५ लिटरको बुट स्पेस दिइएको छ । त्यस्तै, अगाडिको भागमा ४.६ लिटर क्षमताको ओपन ग्लोभ बक्स रहेको छ, जसले दैनिक प्रयोगमा साना सामान राख्न सहज बनाउँछ ।

ब्रेकिङतर्फ सी २५०१ मा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक राखिएको छ। यसले सहरी सडकमा दैनिक आवागमनका लागि आवश्यक ब्रेकिङ नियन्त्रण प्रदान गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीले सी २५०१ मा ३ वर्ष वा ३० हजार किलोमिटरको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध गराएको छ । स्कुटर विभिन्न रंगमा उपलब्ध छ । यसमा ओसन टिल म्याट, मिस्टी यल्लो, क्लासिक ह्वाइट, मुनलाइट सिल्भर, रेसिङ रेड र एक्टिभ ब्ल्याक गरी ६ वटा रंग विकल्प रहेका छन्।

कम्पनीले सी २५०१ लाई विशेषगरी दैनिक सहर आवतजावत गर्ने ग्राहकका लागि व्यावहारिक, सुविधाजनक र प्रविधिमैत्री विद्युतीय स्कुटरका रूपमा प्रस्तुत गरेको छ। यसको मेटल बडी, ११७ किलोमिटर आइडीसी रेन्ज, आइपी ६७ रेटिङ, २५ लिटर बुट स्पेस र विभिन्न स्मार्ट फिचरहरू यसका मुख्य आकर्षणका रूपमा रहेका छन्।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने