२८ श्रावण २०८३, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र परेका यात्रुको उद्धार कार्य अघि बाढाउन प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी रुकुमलगायत मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको र जनजीवन प्रभावित भएको विषयमा पनि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत प्रचण्डले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, घाइतेहरूको उपचार तथा पीडित परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

‘पूर्वी रुकुमलगायत मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध भई यात्रुहरू अलपत्र परेको र जनजीवन प्रभावित भएकोप्रति पनि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउदछु,’ उनले भने, ‘विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, घाइतेहरूको उपचार तथा पीडित परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’

उनले रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे ।

अविरल वर्षाका कारण भएको विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।