१८ श्रावण २०८३, सोमबार
खेलकुद बागमती मुख्‍य समाचार

नेपाल भलिबल संघद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल भलिबल संघले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र महासचिव रोशन श्रेष्ठले सार्वजनिक गरेको कार्यक्रमअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासहित प्रशिक्षण, रेफ्री तथा प्रशिक्षक विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।

कार्यक्रमअनुसार ३५औँ राष्ट्रिय पुरुष तथा २५औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ । त्यस्तै, १०औँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप तथा ११औँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग काठमाडौंमा आयोजना गरिनेछ ।

यसैगरी, सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता, यू–१९ महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता, ईभीएल महिला फ्रेन्चाइज लिग र एनभीएल पुरुष भलिबल लिग पनि कार्यक्रम तालिकामा समावेश छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत २०औँ एसियाली खेलकुद अन्तर्गत महिला भलिबल जापानमा हुनेछ । काभा बीच भलिबल टुर भुटानमा सेप्टेम्बरमा आयोजना हुनेछ भने काभा महिला च्याम्पियन्स लिग काठमाडौंमा नोभेम्बर १ देखि ७ सम्म सञ्चालन हुने तय गरिएको छ । यसैगरी काभा बीच भलिबल टुर माल्दिभसमा समेत हुनेछ ।

त्यसैगरी, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा यू–१६ भलिबल च्याम्पियनसिप, काभा च्यालेन्ज कप (पुरुष), यू–१८ अन्तरविद्यालय भलिबल प्रतियोगिता, राष्ट्रिय रेफ्री तथा रिफ्रेसर कोर्स, कोचेज कोर्स, मैत्रीपूर्ण महिला तथा पुरुष खेल र थ्री नेसन्स कप समेत वार्षिक कार्यक्रमअन्तर्गत समावेश गरिएको छ । केही कार्यक्रमको स्थान तथा मिति भने पछि तय गरिने संघले जनाएको छ ।

नेपाल भलिबल संघले सार्वजनिक गरेको वार्षिक कार्यक्रमले राष्ट्रिय प्रतियोगितासँगै अन्तर्राष्ट्रिय सहभागिता, खेलाडी विकास तथा प्राविधिक जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको जनाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected