११ श्रावण २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेसको नीति प्रतिष्ठानमा केन्द्रीय पदाधिकारी तथा सदस्यलाई थप जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रतिष्ठानअन्तर्गत रहेका विभिन्न उपसमितिको कार्यलाई प्रभावकारी बनाउन पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सहजीकरणको जिम्मेवारी बाँडफाँड गरेको छ ।

प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले उपसमितिहरूको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक जिम्मेवारी तोकिएको जनाएको छ ।

बैठकमा पार्टी सभापति गगनकुमार थापाले जिम्मेवारी पाएका पदाधिकारी तथा सदस्यहरूलाई यसलाई पार्टीको मुख्य दायित्वका रूपमा लिएर सक्रियतापूर्वक काम गर्न निर्देशन दिएका छन् ।

उनले प्रत्येक उपसमितिले पार्टीको अवधारणा र अभियानसँग जोडिएर नागरिक सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए। साथै, कांग्रेसले नागरिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयलाई पार्टीको नीतिगत एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकमा मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिका संयोजक मोहना अन्सारी, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिका संयोजक रेशम गुरुङ तथा दुव्र्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिका संयोजक डा. डी.बी. सुनारले आ–आफ्ना विषयगत अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानको अर्को बैठक भोली ११ गते बिहान ११ः३० बजे बस्ने जनाइएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।