४ श्रावण २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताएका छन् ।

इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताएका हुन् । उनले भने, ‘विकास निर्माणका क्रममा इतिहास, भूगोल, संस्कृति, जातीय बनोटलगायतका विविधतालाई पनि विर्सन हुँदैन । वर्तमान समयको माग एवम् नयाँ पुस्ताको चाहना र आकांक्षालाई सम्बोधन गर्ने गरी उत्पादन, रोजगारी र आर्थिक क्रियाकलापलाई पनि तिव्ररुपमा अघि बढाउनु आवश्यक छ ।’

राष्ट्रपति पौडेलले भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोतसाधनले धनी हाम्रो देशलाई आज दिगो र पर्यावरणमैत्री पूर्वाधारको खाँचो रहेको भन्दै मुलुकको सामु जलवायु परिवर्तनको ठूलो चुनौतीका रुपमा रहेको उल्लेख गरे ।

उनले भने, ‘यस्तो अवस्थामा हाम्रा सडक, पुल र जलविद्युत् आयोजनाहरू प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्दछ । हाम्रो विकास ‘हरित विकास’को सिद्धान्तमा आधारित हुनुपर्दछ ।’

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नै हाम्रो विकास र मानवीय हितका अनेकन आयामलाई सम्बोधन गर्दछ भन्ने कुरालाई विर्सन नहुने भन्दै लोकतन्त्रको यो सौन्दर्यलाई केवल आदर्श मात्र होइन हामीले व्यवहार र आचरणमा अवलम्बन गर्न सक्याैं भने मात्र लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उदेश्य पुरा हुने बताए ।

राष्ट्रपति पौडेलले कुनै पनि देशको भविष्य त्यस देशका युवाहरूको सोच, ऊर्जा र क्षमतामा निर्भर गर्ने भन्दै युवा मस्तिष्कको नवीन सोच र इन्जिनियरको प्राविधिक कौशलसँगै जोडिए मात्र आर्थिक समृद्घि र समृद्ध नेपालको सपना साकार हुने स्पष्ट पारे ।

उनले भने, ‘समयले आज त्यो दायित्व तपाईँहरूलाई सुम्पेको छ । हाम्रा दक्ष युवा इन्जिनियर रोजगारी र अवसरको खोजीमा बिदेसिने क्रम बढ्दो छ । यो देशका लागि चिन्ताको विषय हो । म सरकार र निजी क्षेत्रलाई युवा इन्जिनियर÷आर्किटेक्टका लागि स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न आग्रह गर्दछु ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।