२१ असार २०८३, आईतवार
खेलकुद मुख्‍य समाचार विशेष समाचार समाचार

विश्वकप लिग–२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ ।

नेदरल्यान्ड्स र नामिबियाविरुद्धको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार एक विशेष समारोहबीच बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले टोलीले गत वर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्याउने विश्वास व्यक्त गरे ।

यसैगरी बिदाइ समारोहलाई सम्बोधन गर्दै नेपाली टोलीका कप्तान रोहित पौडेलले टोलीको संयोजन सन्तुलित रहेको र उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने, ‘हाम्रो टोलीको संयोजन निकै राम्रो छ। नेदरल्यान्ड्स र नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएका छौँ। त्यसअनुसार मानसिक तयारी गरेका छौँ र प्रत्येक खेलाडीले आफ्नो शतप्रतिशत प्रदर्शन गर्नेछ ।’

नेपालले जुलाई २१ देखि सुरु हुने नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित लिग–२ शृङ्खलाअघि जर्सीमा तयारी क्याम्प गर्नेछ । त्यहाँ जुलाई १३ र १५ मा दुई अभ्यास एकदिवसीय खेल पनि खेल्ने क्यानले जनाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected