१२ जेष्ठ २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेस एकताका लागि डा.शेखर कोइरालाका पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सारेका छन् ।
कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको भन्दै डा.कोइरालाले एकताको मिलनविन्दु स्वरुप पाँच प्रस्ताव गरेका हुन् ।
डा.कोइरालाले १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अध्यावधिलाई अनिवार्य म्यान्डेटोरी नगर्ने प्रस्ताव पहिलो बुँदामा समावेश गरेका छन् ।
त्यस्तै उनले १४औं महाधिवेशन पछाडि नविकरण गरिएका र बितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औं महाधिवेशन गर्ने प्रस्तापपनि गरेका छन् ।
डा.कोइरालाले १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र बिशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने, कार्यसम्पादनमा सभापतिको बहुमत हुनेगरी गठन गर्ने, निर्वाचन समिति, क्रियाशील छानबिन समिति, अनुशासन समिति, बिधान समिति र अन्य समितिहरु आपसी सहमतिबाट मात्रै बनाउने प्रस्ताव गरेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।