१८ बैशाख २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले वर्तमान सरकारमाथि जनअधिकार कमजोर बनाएको आरोप लगाएका छन् ।

शुक्रबार १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले एकपछि अर्को जनविरोधी तथा मजदुरविरोधी काम गरिरहेको आरोप लगाए । उनले जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको दाबी गरे ।

उनले भने, ‘वर्तमान सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छ । मजदुरविरोधी काम गरिरहेको छ । जनताको वासस्थान खोसिँदै गएको छ । रोजगारीको अधिकार पनि खोसिँदै गएको छ ।’

नेपालले सुकुम्बासी समस्यातर्फ पनि सरकारको ध्यानाकर्षण गराउँदै वास्तविक र नक्कली सुकुम्बासी छुट्याउने, तथ्यांक संकलन गर्ने र वैकल्पिक व्यवस्थाको खोजी नगरी दमनात्मक कदम चालिएको बताए ।

उनले भने, ‘सुकुम्बासी समस्या समाधान कसरी गर्ने ? वास्तविक र नक्कली सुकुम्बासी को हुन् भनेर छुट्याउने काम नगरी, तथ्यांक संकलन नगरी र वैकल्पिक व्यवस्था नखोजी दमन गर्ने कामलाई जायज भन्न सकिँदैन ।’

उनका अनुसार रोजगारीको अभावका कारण युवाहरू विदेशिन बाध्य छन्, जसका कारण कतिपय नेपाली कामदारको शव स्वदेश फर्किनुपर्ने अवस्था दुःखद रहेको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।