२७ चैत्र २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपाले धोका दिएपछि राप्रपाले भन्यो : प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

काठमाडौं । ज्ञानेन्द्र बहादुर शाहीले रास्वपाको सभामुख रवि लामिछानेले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि आफूहरुले उपसभामुख पदमा उम्मेदवारी दिएको बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदको उम्मेदवारी प्रस्तुत गर्दै उनले उपसभामुख पद आफूहरूको प्राथमिकतामा नरहेको बताए ।
उनले भने,‘उपसभामुखको पद हाम्रा लागि प्राथमिकता थिएन र छैन् पनि । तथापी संसदको ठूलो दलबाट नै प्रस्ताव आएपछि अन्य पूराना दल र हामी परिवर्तन खोज्ने राजनीतिक दलबीचको ध्रुविकरणको संभावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुंगोमा पुगेका थियौं । सभापतिको सहयोगको आश्वासन प्राप्त गरेपछि उपसभामुखमा उम्मेदवारी दिएका हौं । ’
उनले हिजो पूराना भनिएका दल र आज नयाँ भनिएका दलका साइनबोर्ड फरक भएपनि उनीहरूबीच नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको धाणा राखे ।
उनले भने,‘आजको हाम्रो उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता प्रष्ट पारेको छ । हिजो पुराना भनिएका दल र आज आज नयाँ भनिएका दलका साइन बोर्डहरु फरक भएतापनि उनीहरुबीचको नीतिगत सिद्धान्त र विचारको नाभी एकै ठाउँमा जोडिएको प्रष्ट भएको छ । संसदमा संख्या होइन भूमिका महत्वपूर्णं हुन्छ । संख्या त केवल सत्ता टिकाइराख्न र सत्ताको गोटी भरिरहन काम लाग्ने हो ।’
त्यस्तै उनले युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भने राजनीतिमा आश्वासन र धोका पनि जायज हुने बताए । ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।