२७ चैत्र २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

अनुसन्धान र नवप्रवद्र्धनको लागि बलियो मन्त्रालय बनाउन महावीर पुनको सुझाव

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन अर्थतन्त्रको विकासको लागि विज्ञान ,प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै अनुसन्धान र नवप्रवद्र्धनको लागि बलियो मन्त्रालय बनाउन सुझाव दिएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विज्ञान प्रविधि के हो र अनुसन्धान र नवप्रवद्र्धन कसरी हुन्छ भन्ने थाहा नभए सदनमा एक घण्टाको भाषण दिन आफू तयार रहेको बताए ।
उनले भने, ‘अर्थतन्त्रको विकास गर्नको लागि विज्ञान प्रविधिलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। अनुसन्धान र नवप्रवद्र्धनको लागि कोष खडा गर्नुपर्छ र बलियो मन्त्रालय बनाउनु
जरुरी छ। विज्ञान प्रविधि के हो र अनुसन्धान र नवप्रवद्र्धन कसरी हुन्छ भन्ने थाहा नभए पनि म सदनमा एक घण्टाको भाषण दिन तयार छु।’
सांसद पुनले नेपालमा लामो समयदेखि व्याप्त नातावाद, कृपावाद, चापलुसीवाद र चाकडीवादलाई ‘भाइरस’ भनेका छन्। अहिलेको नयाँ सरकार र नयाँ सांसदहरु यो भाइरसबाट मुक्त हुन प्रयास गर्नुपर्ने उनको भनाई छ ।
उनले भने,‘नेपालमा लामो समयदेखि एउटा भाइरस छ । त्यो भाइरसबाट बच्नु भन्न चाहान्छु । त्यो भाइरस के हो भने नातावाद कृपावाद,चापलुसीवाद र चाकडीवाद हो । यो चाँही भाइरस नै हो । यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाह जब नाबालक राजा हुनुभयो ,त्यो बेला देखि सुरु भएको अझैसम्म छ ।२००७ सालको क्रान्ति ,४६ सालको क्रान्ति र ६३ सालको जनआन्दोलन हुँदा पनि यो भाइरसले छोडेको छैन । अहिलेको नयाँ सरकार र नयाँ सांसदहरु यो भाइरसबाट मुक्त हुन प्रयास गर्नुपर्यो । आफ्नो आफन्तलाई कुनै पदमा नियुक्त गर्यो भन्ने सुन्न नपरोस् ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।