८ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

परिवर्तनबारे मतदातालाई प्रभावकारी रूपमा बुझाउन नसक्दा चुनावमा विश्वास जित्न सकेनौं : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको वर्तमान वैचारिक अवस्था र चुनावी परिणामबारे धारणा व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकबारे जानकारी दिँदै उनले विगतमा नेपाली कांग्रेसको लामो राजनीतिक पृष्ठभूमिमा पार्टीको वैचारिक प्रभाव बलियो रहे पनि अहिले त्यस क्षेत्रमा कमजोर भएको सन्देश देखिएको बताए ।
उनले भने, ‘हिजोका दिनमा लामो राजनीतिक पृष्ठभूमीमा नेपाली कांग्रेसको जुन वैचारिक एकाधिकार भएका क्षेत्रहरु थिए । तर अहिले ति क्षेत्रहरुमा अब दखल परेको हो की धक्का लागेको हो की भन्ने सन्देश पनि आउँछ ।’
चालिसेले पछिल्लो चुनावले व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तनका लागि जनताले मतदान गरेको स्पष्ट पारे ।
उनले परिवर्तन विद्रोह वा हिंसाबाट मात्र होइन, लोकतान्त्रिक प्रक्रियामार्फत मतद्वारा पनि सम्भव हुने मान्यता स्थापित भएको उल्लेख गरे ।
उनले भने, ‘यो चुनावले व्यवस्था परिवर्तन गरेन अवस्था परिवर्तनको लागि जनताको मतदान भयो । परिवर्तन संभव छ तर परिवर्तन विद्रोह र हिंसाबाट होइन मतबाट पनि सम्भव छ भन्ने मान्यता पनि स्थापित भएकै छ ।’
साथै, पार्टीसँग आबद्ध भएपछि र नभएपछि हुने परिवर्तनबारे मतदातालाई प्रभावकारी रूपमा बुझाउन नसक्दा विश्वास जित्न नसकिएको उनले स्वीकार गरे ।
उनले भने, ‘पार्टीमा जोडिए पछिको अवस्था र नजोडिएको अवस्थामा के परिवर्तन हुन्छ, के अन्तर आउँछ भन्ने कुरा प्रशिक्षित गर्न सकेनौं । मतदातालाई प्रभावकारी रूपमा बुझाउन नसक्दा विश्वास जित्न सकेनौं । चुनावमा उम्मेदवार रोजेको भन्दा पनि अप्रतिक्रिया दिएको मत जस्तो देखियो ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।