२२ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

दिउँसो १ बजेसम्म साढे ४४ लाखभन्दा बढी मत खस्यो

काठमाडौं । निवर्चान आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार जारी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म देशभरका मतदान केन्द्रमा ४४ लाख ५५ हजारभन्दा बढी मत खसेको छ ।
आयोगका अनुसार देशभर रहेका १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये करिब २४ प्रतिशत मत खसेको छ । मतदान बिहान ७ बजेदेखि सुरु भई देशभर शान्तिपूर्ण रूपमा जारी रहेको आयोगले जनाएको छ ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा करिब २३ प्रतिशत, मधेश प्रदेशमा २० प्रतिशत, बागमती प्रदेशमा १९ प्रतिशत, गण्डकी प्रदेशमा २१ प्रतिशत, लुम्बिनी प्रदेशमा २६ प्रतिशत र कर्णाली प्रदेशमा करिब ३१ प्रतिशत मत खसेको आयोगको तथ्यांकमा उल्लेख छ ।
उपत्यकाभित्रका तीन जिल्लामा भने करिब ३६ प्रतिशत मतदान भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रमा मतदाता बिहानैदेखि लामबद्ध भएर मतदान गरिरहेका छन् ।
आयोगका अनुसार हालसम्म मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ र मुख्य कुनै अप्रिय घटना नघटेको जानकारी पनि दिएको छ । आयोगले मतदातालाई बेलुकी ५ बजेसम्म निर्धक्क भएर आफ्नो मतदान अधिकार प्रयोग गर्न आग्रह गरेको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।