२२ फाल्गुन २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

इरानका सर्वोच्च नेता खामेनीको निधनपछि तीन दिन सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको निधनपछि तेहरानमा तीन दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने भएको छ । इरानको इस्लामिक प्रचार परिषद्का प्रमुख हुज्जतोलइस्लाम महमुदीलाई उद्धृत गर्दै फ्रान्स २४ ले जनाएको छ कि श्रद्धाञ्जली कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ भने अन्तिम संस्कारको जुलुसबारे जानकारी पछि सार्वजनिक गरिनेछ ।

श्रद्धाञ्जली कार्यक्रम बुधबार राति तेहरानस्थित इमाम खोमेनी प्रार्थना हलमा सुरु गर्ने तयारी भए पनि कारण नखुलाइ स्थगित गरिएको राज्य सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, मुम्बईस्थित इरानी महावाणिज्य दूतावासले नयाँ नेतृत्वका सम्भावित उम्मेदवारबारे सञ्चारमाध्यममा आएका खबर अस्वीकार गरेको छ । दूतावासले ‘एक्स’ मार्फत इरानको एसेम्ब्ली अफ एक्सपट्र्सले कुनै उम्मेदवार छनोट नगरेको स्पष्ट पारेको छ ।

अमेरिका–इजरायलमाथि रुसको आरोप

रुसको विदेश मन्त्रालयले अमेरिका र इजरायललाई इरानविरुद्धको पछिल्लो सैन्य कारबाहीको पूर्ण जिम्मेवार ठहर गरेको छ । मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले मध्यपूर्वमा सशस्त्र द्वन्द्वको दायरा विस्तार भइरहेको बताउँदै वासिङ्टन र तेल अवीव जिम्मेवार रहेको आरोप लगाएकी हुन् ।
उनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी लाई इरानमाथि भएका आक्रमणपछि सम्भावित विकिरण जोखिमको निष्पक्ष मूल्याङ्कन गर्न आग्रह गरिन् । साथै, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भनडेर लेनको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै निर्दोष नागरिक र बालबालिकाको मृत्युबारे गम्भीर चिन्ता व्यक्त गरिन् ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण