२२ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

ललितपुर–२ मा जगदीश खरेलद्वारा मतदान, सबैलाई सहभागिताको अपील

ललितपुर । पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री जगदीश खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. २ मा मतदान गरेका छन् ।
उनले महालक्ष्मी नगरपालिका–स्थित बोझे पोखरीको महादेव मन्दिर मतदान केन्द्रबाट आज बिहान ठीक ७ बजेर ७ मिनेटमा मतदान गरेका हुन् । सो केन्द्रमा उनले पहिलो मतदाताका रूपमा मतदान गरेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खरेलले सबै मतदातालाई लोकतान्त्रिक अधिकार प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘मैले मतदान गरेँ, तपाईंहरू पनि मतदानमा सहभागी हुनुहोला ।’

खरेल यसपटक पहिलो पटक ललितपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका हुन् । उनले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिन र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न सबैसँग अपील गरेका छन् ।

ललितपुर क्षेत्र नं. २ सहित देशभरी नै बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ । मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । निर्वाचन आयोगले निर्धारित समयभित्र शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।