३ फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

उज्यालो नेपाल पार्टीमा छोटो समयमै देशभर समर्थन बढेको कुलमानको दाबी

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले छोटो समयमै देशभर जनताको माया, विश्वास र सद्भाव प्राप्त गरेको बताएका छन् ।

शनिबार रामेछापमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पार्टी स्थापना भएको करिब तीन महिनामै व्यापक समर्थन देखिएको बताएका हुन् ।

उनले भने,‘आज देशैभरी उज्यालो नेपाल पार्टी छोटो समयमा ३ महिनाको समयमा यति धेरै जनताको माया, विश्वास र सद्भाव रहेको छ, त्यो देख्दाखेरी हामी साँच्चिकै अब एक नम्बरको पार्टी बन्न धेरै समय लाग्दैन ।’

उनले अबको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै आगामी २०–२१ दिनको अभियानमा बढीभन्दा बढी सिट जित्ने लक्ष्य रहेको बताए । उनले आफ्नो पार्टीले निर्वाचनपछि सरकारको नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै उज्यालो नेपाललाई ‘चमत्कारी पार्टी’का रूपमा स्थापित गर्ने दाबी गरे ।

‘अब यो संसदको चुनाव हामीसँग २०÷२१ दिन बाकी छ, यो २०÷२१ दिनमा हामी बढीभन्दा बढी सिट जित्छौ र आगामि सरकारका हामी सरकरको नेतृत्व गर्छौ भन्ने हामीलाई विश्वास छ,’ उनले भने ।

घिसिङले पार्टी अब निरन्तर रूपमा संगठन विस्तारमा केन्द्रित हुने पनि बताए । साथै करिब १५–१६ महिनापछि हुने प्रदेश र स्थानीय तह निर्वाचनमा उज्यालो नेपाललाई देशको पहिलो पार्टी बनाउने लक्ष्य रहेको उनको भनाइ थियो ।

‘सरकारको नेतृत्व गर्नका लागि अब उज्यालो नेपाल एउटा चमत्कारी पार्टीकोरुपमा आउने छ । अब उज्यालो नेपाल निरन्तररुपमा संगठन विस्तारमा लाग्नेछ । अब १५ ÷१६ महिनापछि हुने प्रदेश र स्थानीय चुनावमा उज्यालो नेपाल एक नम्बरको पार्टी बन्ने छ,’ उनले भने ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।