२७ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रसुवामा चुनावी रौनक : वसन्त भट्टले बढाए सक्रियता

रसुवा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रसुवा प्रतिनिधिसभा उम्मेदवार वसन्त भट्टले चुनावी अभियानलाई तिब्र बनाएका छन् । घर–घर पुगेर मतदाता भेटिरहेका भट्टले परिवर्तनका पक्षमा मत दिन आग्रह समेत गरेका छन् ।
घरदैलोका क्रममा स्थानीयसँगको प्रत्यक्ष संवादबाट परिवर्तनप्रतिको चाहना अझ प्रष्ट भएको भट्टको भनाइ छ । उनले भाषणभन्दा काम र परिणामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै रसुवालीको भरोसालाई व्यवहारबाट प्रमाणित गर्ने बताएका छन् ।
भट्ट नेपाली कांग्रेसका पूर्वसांसद मोहन आचार्य र एमालेका प्रेम तामाङसँग प्रतिस्पर्धामा छन् । चुनावी अभियानकै क्रममा भट्टले रोजगारी सिर्जना, पर्यटन र कृषिको पुनर्जागरण, जलविद्युत् परियोजनामा स्थानीय स्वामित्व, सुशासन तथा भ्रष्ट अभ्यास अन्त्यलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।
तामाङ समुदायको बाहुल्य रहेको रसुवामा घरदैलो गर्दा मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको बताउँदै भट्टले यसपटकको निर्वाचनमा घण्टी चिन्ह परिवर्तनको प्रतीक बन्ने विश्वास व्यक्त गरेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।