२० माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

सुर्खेत । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालिकोटको रास्कोट नगरपालिकाबाट चार जनाले प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन् ।

जिल्लाको नरहरीनाथ गाउँपालिका, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकाबाट तीन÷तीन उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्कोट नगरपालिकाका स्थायी बासिन्दा नगेन्द्र शाही ‘नेश्नल’ राष्ट्रिय स्वतन्त्र पाटीका प्रकाश न्यौपाने, प्रगतिशिल लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने र स्वतन्त्र उम्मेद्वार मानबहादुर तिरुवा रहेका छन् । पचालझरना गाउँपालिका नेपाली काँग्रेसका हर्षबहादुर बम, नेपाली कम्युनिष्ट पाटीका महेन्द्रबहादुर शाही र देशभक्त समाज पार्टीका प्रेमसिंह तिरुवाले मनोनयन दर्ता गराएका छन् ।
खाँडाचक्र नगरपालिकाका स्थायी बासिन्दा नेपाली काँग्रेसका नेता भुपेन्दजंग शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाही र राष्ट्रिय जनमोर्चाका अजयबहादुर गिरी उम्मेदवार बनेका छन् ।

नरहरीनाथ गाउँपालिकाका स्थायी बासिन्दा नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’, नेपाली कम्युनिष्ट पार्टीका बागी उम्मेदवार जीवनबहादुर बुढा र जस्मिन बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेमकिपाका उम्मेदवार नन्दबहादुर शाही शुभकालिकाका स्थायी बासिन्दा हुन् ।

कालिकोटमा प्रतिनिधी सभाको निर्वाचन रोचक बन्दै गएको छ । झण्डै दुई दशकपछि प्रकाण्डको उपस्थिति नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीमा देखिएको असन्तुष्टिले चुनावी परिणाम आँकलन गर्न सहज नभएको स्थानीयहरुले बताएका छन् ।

२०६४ सालमा कालिकोटमा चुनाव लडेका प्रकाण्ड, लगातार चौथो पटक चुनाव लडेका महेन्द्रबहादुर शाही र यस अघि चुनाव लडिसकेका भुपेन्द्रजंग शाही र नगेन्द्र शाहीलाई नयाँ अनुहारले चुनौती दिएका छन् ।

तत्कालिन नेकपा माओवादी केन्द्रले आधार क्षेत्र मान्दै आएको कालिकोटमा प्रतिनिधी सभा निर्वाचन पछि परिणाम विगतको भन्दा फरक आउने आँकलन गरिएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।