१६ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

बालेन शाहले मेयर पद छाड्ने संकेत, आजै रास्वपा केन्द्रीय बैठकमा सहभागिता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिने तयारी गरिरहेको चर्चा राजनीतिक क्षेत्रमा तीव्र बनेको छ। प्राप्त जानकारीअनुसार उनले राजीनामा दिएपछि आज दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय कमिटी बैठकमा सहभागी हुने योजना बनाएका छन्।

रास्वपाको आजको बैठकबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू औपचारिक रूपमा घोषणा गरिने जनाइएको छ। बैठकपछि रास्वपा सभापति रवि लामिछाने र बालेन शाह जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।

बालेन शाह झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेको बताइन्छ। सोही क्षेत्रलाई लक्षित गर्दै रास्वपाले सम्पर्क कार्यालय सञ्चालनमा ल्याइसकेको छ।

इन्जिनियर पेशाबाट राजनीति प्रवेश गरेका बालेन शाह सांगीतिक क्षेत्रमा र्‍यापरका रूपमा पनि परिचित छन्। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए। पछिल्लो समय जेन–जी आन्दोलनपछि उनी रास्वपामा समेटिएका हुन्।

यसअघि गत पुस १३ गते बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा एउटै दलबाट चुनाव लड्ने सहमति गर्दै सातबुँदे समझदारी सार्वजनिक गरेका थिए।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।