२ माघ २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘विश्व म्याराथन च्यालेञ्ज’मा दौडिँदै जोशी

काठमाडौँ, २४ पुसः सात महादेशमा सातदिन लगातार सञ्चालन हुने ‘विश्व म्याराथन च्यालेञ्ज’मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुने भएका छन् ।

अन्टार्कटिकाबाट सुरु भएर अमेरिकाको मियामीमा सम्पन्न हुने उक्त म्याराथनमा सहभागी हुने जोशी नेपाली मूलका एक्लो खेलाडी हुन् । ‘वल्र्ड म्याराथन च्यालेञ्ज’ आगामी माघ १७ देखि २३ गतेसम्म चल्ने छ । उनी ४२ दशमलव १९ किमी दूरी रहने म्याराथनका सात सिरिजमा २९४ किमी दूरी सात दिनमा दौडिने छन् । जोशी नेपाली पोसाक दौरा सुरुवालमा नेपाल र अमेरिकाको झन्डा बोकेर दौडिने बताइएको छ ।

वल्र्ड म्याराथन च्यालेञ्ज’ सन् २०१५ देखि सुरु भएको हो । उक्त म्याराथनमा भारत, चीन, अमेरिका, अस्ट्रेलिया, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, क्यानडा, युक्रेन, नर्वे, अस्ट्रिया, डेनमार्क, हङकङ, न्युजिल्यान्ड, रोमानियासहित ३० भन्दा बढी देशका ५४ धावक सहभागी हुने बताइएको छ । जोशी सन् २०२१ देखि सामाजिक कार्य र मानव कल्याणका निम्ति दौडिँदै आएका छन् । सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा बस्दैआएका छन् । उनी यसअघि विश्वका दुई दर्जनभन्दा बढी म्याराथन प्रतियोगितामा सहभागी भइसकेका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected