२ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रधानमन्त्री कार्की र मधेश प्रमुख लाभबीच भेटवार्ता

काठमाडौँ, २३ पुसः प्रधानमन्त्री सुशीला कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको भेटवार्तामा हालै उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिको सम्बोधन गर्दै शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न भएका प्रयासहरुको समीक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा उनीहरुबीच देश निर्वाचनको महत्वपूर्ण चरणतर्फ अघि बढिरहेको सन्दर्भमा सम्भावित चुनौतीप्रति सजग रहँदै राज्यका सबै संयन्त्र परिचालन गरी अनुकूल वातावरण निर्माण गर्नुपरेको विषयमा छलफल भएको थियो ।

प्रदेश प्रमुख लाभले समाजका विविध तह र तप्काबीच सन्तुलित र अभिभावकीय भूमिका निर्वाह गरिरहेका उल्लेख गर्दै प्रधानमन्त्रीले र, यसमा सबै पक्षको साथ र सहयोग अपेक्षित रहेको स्पष्ट पारेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।