१ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाज

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी, १८ पुसःसन् २०२५ दुई लाख ९९ हजार आठ सय ३१ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् ।

यो प्रसिद्ध पदयात्रास्थलको भ्रमण दक्षिण एसियाली मुलुकका एक लाख ७७ हजार ६२८ र अन्य मुलुकका एक लाख २२ हजार २०३ ले गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रबीन कडरियाले राससलाई बताए । सन् २०२४ मा दुई लाख ४४ हजार ४५ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिएभने सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएका थिए ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत स्थल आन्तरिक तथा बाह्य पर्यटकका प्रमुख गन्तव्य हुन् ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व