१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म कालीकोट, १६ पुसः कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन् । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक हजार ७७२ थप भएका हुन् ।

नयाँ मतदातासँगै जिल्लामा मतदाता सङ्ख्या ८४ हजार ६४६ पुगेको छ । यसमा पुरुष मतादाता सङ्ख्या ४४ हजार ६०३ र महिला मतदाता सङ्ख्या ४० हजार ४३ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघि भने २०७९ निर्वाचनमा महिला थारैले पछि रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनबहादुर मल्लले बताए । उनका अनुसार २०७९ सालको निर्वाचनमा ८२ हजार ८७४ मतदाता थिए ।

सूचना अधिकारी मल्लका अनुसार नौ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता नरहरीनाथ गाउँपालिकामा पुरुष छ हजार ८६७ जना र महिला छ हजार १९६ जना गरी १३ हजार ६३ जना रहेका छन् । यसपछि खाँडाचक्र नगरपालिकामा पुरुष छ हजार १२८ र महिला पाँच हजार ८११ जना गरी जम्मा ११ हजार ९३९ छन् ।

त्यसैगरी रास्कोट नगरपालिकामा दश हजार ५१६ जना, तिलागुफा नगरपालिकामा दश हजार १२५ , शुभ कालिका गाउँपालिकामा नौ हजार ३०९, पलाँता गाउँपालिकामा आठ हजार ६७६, सान्नीत्रिवेणी गाउँपालिका सात हजार ८८० जना, पचालझरना गाउँपालिकामा सात हजार ५३८ र महावै गाउँपालिकामा पाँच हजार ६०० मतदाता छन् ।
जिल्लामा १०३ मतदान स्थल र १२७ मतदानकेन्द्र कायम गरिएका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।