१२ पुष २०८२, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

काठमाडौँ, ८ पुसः क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरेको छ । उनलाई तीन वर्षका लागि ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरिएको हो ।

क्रिकेटर धामी र बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्कीले सोमबार सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रबन्ध निर्देशक कार्कीले यो साझेदारी केवल ब्रान्ड प्रवद्र्धनका लागि नभइ युवाहरूको दीर्घकालीन विकास र जिम्मेवार मार्गदर्शनका लागि भएको उल्लेख गरे । उनले नेपालमा क्रिकेट खेलमा उल्लेखनीय विकास भएको बताए ।

खेलकुद र शिक्षाबीचको सम्बन्धबारे चर्चा गर्दै प्रबन्ध निर्देशक कार्कीले खेलकुदले अनुशासन, नेतृत्व, धैर्यता र आत्मविश्वास निर्माण गर्ने बताए । बिज एजुकेशनले खेल, कला र शिक्षालाई एउटै प्लेटफर्ममा जोड्दै आएको उनले जानकारी दिए ।

ब्रान्ड एम्बासडर धामीले बिज एजुकेशनप्रति आभार व्यक्त गर्दै शिक्षा मात्र होइन, खेलकुद र युवाको समग्र भविष्यमा लगानी गरिरहेको संस्थासँग आबद्ध हुन पाउनु खुसीको कुरा भएको बताए । खेल र अध्ययन सँगसँगै अघि बढाउन सकिने उनको भनाइ थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected