२९ माघ २०८२, बिहीबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौँ, २५ मङ्सिरः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०को दोस्रो क्वालिफायरअन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा विराटनगर किंग्सले टस जितेर पहिला बलिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा विराटनगरका कप्तान सन्दिप लामिछानेले टस जितेर पहिला बलिङ रोजेका हुन् । योसँगै लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्नेछ ।

विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो । यता लुम्बिनीले एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेसँगै यी दुई टोलीको दोस्रो क्वालिफायरमा भेट भएको हो ।

लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो । आजको खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । यसअघि भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै फाइनलको यात्रा तय गरिसकेको छ । सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected