५ पुष २०८२, शनिबार
मनोरन्जन मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सुदूरपश्चिम महोत्सव सुरु

कैलाली, २३ मङ्सिरः सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन्दै आएको ‘सुदूरपश्चिम महोत्सव’ सुरु भएको भएको छ । सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण सोमबारदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा पर्यटन, संस्कृति, उद्योग र व्यापारः समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका साथ उक्त महोत्सव सञ्चालनमा आएको हो ।

सङ्घका अध्यक्ष पुुष्करराज ओझाले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।

यस क्षेत्रका समग्र सम्भावना उजागर गरी आर्थिक, सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनःस्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने अध्यक्ष ओझाको भनाइ छ ।

महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्नका लागि जोड दिइने उनले बताए । महोत्सव आयोजना गर्न रु तीन करोड लागत लाग्ने अनुमान गरिएको जनाउँदै ओझाले रु १५ करोड बराबरको कारोबार हुने विश्वास व्यक्त गरे। उनका अनुसार यस वर्षको महोत्सवमा करिब सात लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी ५०० बढी स्टल रहेका छन् । सधैँका संस्करणमा झैँ यसपटक पनि महोत्सवमा बिक्री हुने टिकटको केही रकम सामाजिक क्षेत्रका विषयका कार्य छुट्याइएको छ ।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई रु ५० र अन्यलाई रु १०० राखिएको छ भने ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई प्रवेश निःशुल्क गरिएको छ ।

महोत्सवको मुख्य प्रायोजक निःशर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ भने संरक्षक नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश रहेका छन् । सोमबारदेखि सुरु भएको महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

उद्योग, वाणिज्य कृषि, उद्योग, व्यापार पर्यटनलगायतको प्रवर्द्धन गरी समृद्ध सुदूरपश्चिम बनाउने अभियानअन्तर्गत विसं २०६३ देखि सुदूरपश्चिम महोत्सव थालनी गरिएको थियो ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,