१ माघ २०८२, बिहीबार
बागमती मनोरन्जन मुख्‍य समाचार

झिँगेदाउ–२ : दाप्चा फूलबारीमा क्यामेरा पूजा गरेर आर्यन सिग्देल लगायतका कलाकारहरु छायांकनमा

काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को छायांकन औपचारिक रुपमा सुरु भएको छ । सोमबार काभ्रेको पनौती नगरपालिका–१० स्थित खोपासी जुजु गाउँबाट छायांकन सुरु गरिएको हो ।

दाप्चा फूलबारीमा क्यामेरा पूजा गरेर कलाकार आर्यन सिग्देल लगायतका कलाकारहरु छायांकनमा छन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने चलचित्रको पहिलो क्ल्याप गीता अधिकारी र संस्कृत अधिकारी अभिनित दृश्यबाट गरिएको निर्माण टिमले जनाएको छ ।

कपनगढी सिनेमा प्रालिको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रको छायांकन विष्णु घिमिरे ‘कल्पित’ ले गरिरहेका छन् ।

चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजा, निर्माण नियन्त्रक ईश्वर घिमिरे हुन् ।

स्थानीय संस्कृति, कथा र परिवेशलाई समेट्दै निर्माण टिमले निरन्तर छायांकन अघि बढाइने निर्माण टिमको भनाइ छ ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,