२९ माघ २०८२, बिहीबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलः काठमाडौँविरुद्ध टस जित्दै कर्णाली ब्याटिङमा

काठमाडौँ, १४ मङ्सिरः नेपाल प्रिमियर लिग एनपिएलको आजको कर्णाली याक्स र काठमाडौँ गोर्खाज प्रतिस्पर्धा गर्दैछन् । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले जारी प्रतियोगितामा चार खेलमा एउटामा मात्रै जीत निकालेको छ । दुई अङ्क मात्रै जोडेको कर्णाली छैटौँ स्थानमा छ । प्लेअफमा यात्राको बाटोमा रहिरहन उसलाई आजको जीत आवश्यक छ ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौँले पाँच खेलबाट तीनमा जीत निकाल्दै तालिकाको तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा जोडिन काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण हुनेछ ।

प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्स पाँच वटै खेलमा जीतका साथ प्लेअफमा सुरक्षित भइसकेको छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected