२९ माघ २०८२, बिहीबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले निर्धारित २० ओभारको खेलमा ८ विकेट गुमाउदैँ १४६ रनको लक्ष्य दिएको हो ।

जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिमलाई बलिङको निम्तो दिएको थियो । जनकपुरले आजको खेलमा कप्तान परिवर्तन गरेर आजको लागि कप्तानी वायन पार्नेललाई दिइएको छ ।

सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित रहेको छ । सुदूरपश्चिमले ४ खेलमा ४ जितसहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रन, तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध ४५ रन र चौथो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको थियो ।

जनकपुर बोल्ट्सको यो चौथो खेल हो । जनकपुरले यसअघि कुनैपनि खेल जितेको छैन । पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले हारेको जनकपुरले दोस्रो खेलमा विराटनगरसँग ९ र तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले हार बेहोरेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected