११ मंसिर २०८२, बिहीबार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

नेपाल आइडल विजेताद्वय करण र गङ्गाको  ‘राधिका’मा पहिलो सहकार्य

काठमाडौँ ।   नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामको स्वर रहेको  ‘राधिका’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार भोलानाथ पाठकको शब्द सृजना रहेको  गीतमा  नेपाल आइडल सिजन ५ का बिजेता करण र सिजन ६ का विजेता गंगाले स्वर भरेका छन् ।

जसमा  मोडलद्धय  स्मारिका ढकाल र बद्री प्रसाद तिवारीको रोमान्टिक अभिनय देख्न सकिन्छ ।  लेखु सहयात्रीको सङ्गीतमा तयार गीत तयार गीतको भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् ।  पुनम श्रेष्ठको कोरियाग्राफीमा तयार भिडियोले प्रेम र रोमान्सका रमाइला किस्सालाई देखाएको छ ।

राधा कडरिया निर्माता रहेको भिडियोमा मीन रावलको सम्पादन छ तथा उत्सब दाहालको छायांकन रहेको छ । गीतकार पाठकले प्रेमिल मुड जगाउने प्रकारको गीत भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरे । गीत गायनमा करण र गङ्गाको पहिलो सहकार्य हो ।

निर्देशक कृष्ण देव रुपाखेतीले अडियो नै अब्बल रहेको र गीतको भाव अनुसारको गुणस्तरीय भिडियो निर्माणमा कुनै पनि कम्परमाइज नगरेको दाबी गरे ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,