११ माघ २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक’

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका छन् ।

सोमबार काठमाडौंमा ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक गर्दै उनले नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई संबोधन गर्न नसक्ने भएकोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका हुन् ।

महासचिव आहुतिले देशमा बारम्बार ठूलाठूला संघर्ष र बलिदानबाट बनेको राज्य सञ्चालन प्रणाली नेपाली विशेषता अनुसार नभई निश्चित वर्ग र समुदायका मानिसहरुको हितका लागि बनेको बताएका छन् ।

पछिल्लो समयमा प्रत्यक्ष कार्यकारी निर्वाचितको मुद्धा जोडदार उठ्दै गर्दा आहुतिले भने, ‘नेपाल जस्तो भौगोलिक र सांस्कृतिक विविधता भएको मुलुकमा प्रत्यक्ष कार्यकारी आउँदा जेलेन्स्की जस्ताः पात्रहरु उदय हुने निश्चित छ, त्यसैले यो मान्न सकिन्न ।’

नेपालमा प्रचलित हालसम्मका सबै राजनीतिक व्यवस्थाहरु असफल भइसकेको ठहर गरी नेपाली विशेषता अनुसारको कार्यक्रम ल्याएको बताउँदै आहुतिले भने, ‘नयाँ राज्यको संरचना, शासकिय स्वरुप, निर्वाचन प्रणाली, राज्य शक्तिको बाँडफाँड र समग्र विषयहरुको आधारभूत नीतिहरुका बारे हामीले प्रष्ट खाका ल्याएकाछौं ।’

वर्तमान राजनीतिक प्रणालीले बहुसंख्यक श्रमीक,किसान,महिला, आदिवासी–जनजातिलगायतका उत्पीडित समुदायहरुको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको उनको भनाई थियो ।

निश्चित प्रतिनिधिहरुले सरोकारवाला आम जनसमुदायको निर्णय गर्ने भएको हुनाले यो अवस्था आएको बताउँदै उनले भने, ‘यसको समाधानको लागि सम्पूर्ण सम्पत्तिको मालिक श्रमजीवी समुदाय हुने, निजी सम्पत्तिको अन्त्य हुने र समुदाय नै उत्पादक, समुदाय नै उपभोक्ता हुने नयाँ वैज्ञानिक समाजवादी कार्यक्रम आवश्यक छ ।’

वर्तमान संघीयता पीरामिड आकारमा हुँदा निश्चित शासकहरुले मात्रै शासन गर्ने र बहुसंख्य जनता उत्पीडनको जाँतोमा पिसिने भएकाले यसको विकल्पमा समतलीय र सहमतिय व्यवस्थामार्फत सबै समुदाय राज्यको नेतृत्वमा पुग्ने व्यवस्थाको सुनिश्चित गर्नुपर्ने उनको भनाई छ ।

 

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।