११ मंसिर २०८२, बिहीबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपीएल : आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ ।

सोमबार त्रिवि क्रिकेट मैदानमा हुने बिहान ११ः ४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स भिड्दै छन् भने दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।

जनकपुर बोल्ट्स र विराटनगर किंग्स गत संस्करणमा उद्घाटन खेल खेलेका थिए जसमा विराटनगरसँग जनकपुर ८ विकेटले विजयी भएको थियो ।

दुई ÷दुई खेल खेलेका सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले दुईदुई अंक जोडेका छन् भने जनकपुर र पोखरा अंकबिहीन छन्। हालसम्म जनकपुरले एक खेल मात्र खेलेको छ ।

कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ ।

हालसम्म ८ खेल सम्पन्न भएका छन् जसमा जनकपुरले १ खेल खेल्दा काठमाडौं गोर्खाजले ३ खेल खेलेको छ भने बाँकी सबै टिमले २–२ खेल खेलेका छन् ।

२ खेलमा १ जित र १ हारको नतिजासहित कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स क्रमशः तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन् । जनकपुर बोल्ट्स भने सातौं स्थानमा रहँदा २ खेलमा पराजित भएको पोखरा एभेन्जर्स आठौं स्थानमा छ ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected