१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

संयमता अपनाउन संयोजक दाहालको आग्रह

काठमाडौँ, ४ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा भएको विरोध प्रदर्शनलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान दिन सबै पक्षलाई संयमता अपनाउन अनुरोध गरेका छन् ।

लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता हुनु स्वाभाविक हो भन्दै उनले सिमाराको घटनालाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति नभएको बताएका छन् ।

राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेतालाई निर्वाधरूपमा हिड्डुल गर्ने, सभा–सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु, संयोजक दाहालद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

यसैगरी घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा सचेत र जिम्मेवार बन्न सम्बद्ध सबै पक्षसँग उनले आग्रह गरेका छन् । मुलुकमा विकसित घटनाक्रम र परिस्थितिलाई सामान्य बनाउने सन्दर्भमा आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न स्थानीय पार्टी समितिलाई संयोजक दाहालले निर्देशन दिएका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।