२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ, ३ मङ्सिरः नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तररास्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै भएको टसमा काठमाडौँका कप्तान करण केसीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।

यससँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्नेछ । आज दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रेका छन् । यसअघि भएको पहिलो खेलमा काठमाडौँले जनकपुर बोल्ट्सलाई पाच विकेटले हराएको थियो । यता पहिलो संस्करणको उपविजेतासमेत बनेको सुदूरपश्चिमको यो पहिलो खेल हो ।

काठमाडौँका लागि केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, रिकार्डो भास्कोनेसेलोस, मिलिन्ड कुमार, मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापा, जेरहार्ड इरस्मस, जोहन सिम्पसन, बेन चाल्र्सवर्थ र सन्नी पटेल खेल्दैछन् ।

सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मित सिंह, जोस ब्राउन र ध्रुव प्रासर मैदानमा उत्रेका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected