काठमाडौं । दोस्रो संस्करणको नेपालप्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्स विरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुरलाई काठमाडौंले दुई ओभर बाँकी रहँदै पाँच विकेटले हराएको हो ।
एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुन ेछभने एनपिएलमा लिग चरण, तीनवटा प्लेअफ र फाइनल सहित ३२ खेल हुँदै छन् ।
एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णालीयाक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनीलायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्ने छन् ।







