१० माघ २०८२, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

कीर्तिपुरमा बाजुरा युथ कनेक्टको फुटसल, उपाधी आयोजकको पोल्टामा

बाजुरा । संघीय राजधानीमा काठमाडौंमा बाजुरा युथ कनेक्टद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न भएको छ । बाजुरा घर भई राजधानीमा विभिन्न पेशा, व्यवसाय र अध्यनको सिलसिलामा रहेका युवाहरु बिच प्रतियोगिता सञ्चालन गरिएको थियो ।

बाजुरा जिल्ला स्तरीय सेभन ए साईड फुटसल प्रतियोगिताको उपाधी भने आयोजकले आफ्नो पोल्टामा पारेको हो । युवाबिच आपसी सद्भाव, भेटघाट र भाईचाराको सम्बन्ध स्थापित गर्न पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको संञ्जालका सचिव अर्जुन जोशीले जानकारी दिए ।

प्रतियोगिताले बाजुराको खेल क्षेत्रमा विकासमा ठुलो सहयोग पुग्ने अपेक्षा समेत लगिएको छ । प्रतियोगितामा बाजुरा घर भई राजधानीमा रहेका करिव १६ टिमको सहभागिता थियो । खेलको उद्घाटन नेपाली फुटबल टिमका पूर्वकप्तान अनिल गुरुङले गरेका थिए ।

खेल किर्तिपुरको मतस्य नारायण रिक्रिएसन केन्द्रको फुटसल ग्राउन्डमा सञ्चालन गरिएको थियो । आयोजनामा १ सय ६० बढी खेलाडी सहभागि थिए । प्रतियोगिताको उपाधी भने आयोजक बाजुरा युथ कनेक्टले जित्न सफल भएको हो। भने उपविजेता सूर्यतारा फाउण्डेशन बनेको हो ।

विजेताले नगद ४१ हजार १ सय ११ नगद सहीत ट्रफी, प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको सूर्यताराले १८ हजार १ सय ११ नगद सहीत ट्रफी र प्रमाण पत्र हात पारेको हो।खेलमा हिमाल बडुवालले उत्कृष्ट खेलाडीको उपाधी पाए भने आयोजक टिमका मनोज नेपालीले उत्कृष्ट गोल रक्षकको उपाधी पाएका हुन् ।

संघीय राजधानी काठमाडौंमा बाजुराका युवाहरुले आयोजना गरेको प्रतियोगिता निकै महत्त्वपूर्ण र उपलब्धिमुलक मानिएको छ ।

बाजुरा खेल क्षेत्रका लागि संभावना बोकेको जिल्लाको रुपमा स्थापित बनेको छ । फुटबलदेखि क्रिकेटसम्म र अन्य एथ्लेटिक्स खेलहरुमा पनि बाजुरा निकै अगाडि छ ।

खेल क्षेत्रबाटै पहिचान बनाउन र विभिन्न सामाजिक समस्याहरुलाई खेल क्षेत्रबाट समाधान गर्ने गरि प्रतियोगिता सञ्चालन गरिएको आयोजक बाजुरा युथ कनेक्टले जनाएको छ । प्रतियोगिताले एकता र नेतृत्वको विकासमा समेत टेवा पुर्याएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected