२० माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाज स्वास्थ्य

काभ्रेका पाँच स्थानीय तहमा स्वास्थ्य शिविर

काभ्रेपलाञ्चोक, २६ कात्तिकः जिल्लाका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएका छन् । रामेछापस्थित कान्छीमाया सामुदायिक अस्पतालको समन्वयमा ताइवान रुट मेडिकल पिस क्रप्सको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएका हुन् ।

पाँचखाल, धुलिखेल र मण्डनदेउपुर नगरपालिका तथा दुई बेथानचोक र रोशी गाउँ पालिकामा शिविर सञ्चालन भएका हुन् । मङ्गलबार रोशीमा सञ्चालित शिविरबाट पालिकाका ५४७ जना लाभान्वित भएका छन् । तेमाल गाउँपालिकाका केही वडाका स्थानीय पनि शिविरमा सेवा लिन पुगेका थिए ।

शिविरमा दन्तरोग, छाला तथा यौनरोग, आँखा जाँच, स्त्रीरोग परीक्षणका साथै औषधि तथा चश्मा निःशुल्क वितरण गरिएको थियो । कान्छीमाया सामुदायिक अस्पतालका अनुसार शिविरमा परीक्षण गराएकामध्येमा मधुमेह, उच्च रक्तचाप, पेटसम्बन्धी रोग बढी लागेको पाइएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व