१० माघ २०८२, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

हङकङ सिक्सेसः नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ, २१ कात्तिक ः हङकङमा आजदेखि सुरु भएको हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तान सँग पराजित भएको छ ।

हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा आज भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो । जितका लागि ११३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए । उनले १४ बलमा ८ छक्का र १ चौकाको सहयोगमा ५३ रन जोडे । त्यस्तै राशिद खान र मोहम्मद आदिल आलमले समान ११÷११ रन जोडे । अर्को ओपनर लोकेश बमले १० रन बनाए । रुपेश श्रेष्ठ १ रनमा अविजित रहे ।

यता अफगानिस्तानका लागि फरमुल्ला र इजाज अहमद अहमदजाइले समान एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको थियो । उसका लागि करिम जनितले सर्वाधिक ३५ रन बनाएका थिए । त्यस्तै फरमनुल्लाह सफी ३० रनमा अविजित रहदा गुल्बादिन नाइबले २२ रन बनाए ।

नेपालका लागि रसिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । अर्को विकेट लोकेश बमले लिए । भोलि नेपालले समूह चरणको अन्तिम खेल दक्षिण अफ्रिकासँग खेल्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected