१० माघ २०८२, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार

हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ ।

आज हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको हो ।

टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनायो ।

सन्दीप जोराले अर्धशतक बनाए पनि राशिद खान र आदिल आलमले समान ११ रन जोड्दा लोकेश बमले १० रन मात्र जोडे ।

अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ३५ रन बनाए । फरमनुल्लाह सफी ३० रनमा अविजित रहे । गुल्बादिन नाइबले २२ रन बनाए ।

नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । लोकेश बमले १ विकेट लिए । नेपालले दोस्रो खेलमा भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected