१० माघ २०८२, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

हङकङ सुपर सिक्सेस : आज नेपाल र  अफगानिस्तान भिड्ने

काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपाल र  अफगानिस्तान भिड्ने भएका छन् ।

हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा शुक्रबार बिहान पौने ९ बजेबाट सुरु हुने खेलमा आज नेपाल र अफगानिस्तान भिड्ने भएका हुन् ।

हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शरद् भेषावकरको कप्तानीमा सात सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो ।

अनुभवी ब्याट्सम्यान शरद भेष वकरको कप्तानीमा रहेको नेपाली टोलीमा सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान छन्।

नेपालसहित विभिन्न १२ राष्ट्रको सहभगिता रहेको प्रतियोगिता चार समूहमा विभाजन गरिएको छ भने नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान छन्।

त्यसैगरी समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन्।

यो प्रतियोगिताका हरेक खेल समान छ÷छ ओभरको हुनेछ भने एक टिममा छ खेलाडीले खेल्न पाउने प्रावधान रहेको छ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected