६ पुष २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार सुदूरपश्चिम

फुटबलका लागि रेफ्री र कोच उत्पादन गर्न प्रशिक्षण

दोधारा चाँदनी कञ्चनपुर, २० कात्तिकः जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोग एवं अखिल नेपाल फुटबल सङ्घ एन्फाको प्राविधिक सहयोगमा प्रशिक्षण सुरु भएको हो ।
जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दले देशभरि फुटबल प्रतियोगिता बढेपछि रेफ्री र कोचको अभावलाई मध्यनजर गरी प्रशिक्षण सञ्चालन गरिएको बताए। उनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट ३४ प्रशिक्षार्थी सहभागी भएका छन् । मङ्गलबारदेखि सुरु भएको एक साताको प्रशिक्षणमा सैद्धान्तिक र प्रयोगात्मक दुवै विधिबाट प्रशिक्षण हुनेछ ।
पछिल्लो समय स्थानीयस्तरमा हुने फुटबल प्रतियोगितामा रेफ्री र कोचको अभाव हुन थालेपछि अन्यत्रबाट मगाउनुपर्ने बाध्यता रहेकाले प्रशिक्षणका लागि सहकार्य गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले बताए । यहाँ धेरै फुटबल प्रतियोगिता धेरै तर रेफ्री बाहिरबाट ल्याउनुपर्ने अवस्था आएपछि कार्यपालिकाबाट निर्णय गरेर प्रशिक्षणमा सहयोग गरेका हौँ, यसले रेफ्री र कोच उत्पादनमा सहयोग पुग्ने विश्वास लिएका छौँ, उनले भने ।
खेलकुद विकास समिति कञ्चनपुरका सदस्य विकास महताले स्थानीयस्तरमा फुटबलको क्रेज बढ्दै गएको र प्रशिक्षणले फुटबल खेलको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । मुलुकभरि नै रेफ्रीको अभाव छ । प्रतियोगिता बढेका छन् । यो प्रशिक्षण फुटबलको विकासमा टेवा पुग्छ, उनले भने, रेफ्री र कोचको अभाव पूर्ति गर्नका लागि तीनै तहका सरकारले सहयोग गर्नु आवश्यक छ ।
अन्तरराष्ट्रिय फुटबल महासङ्घ फिफा का पूर्वसहायक रेफ्री रोजन श्रेष्ठले प्रशिक्षण दिइराख्नुभएको छ ।  प्रशिक्षणमा १८ देखि ३५ वर्षसम्मका खेलाडी र पूर्वखेलाडी सहभागी छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected