२५ आश्विन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार

टि ट्वान्टी सिरिजको तेस्रो खेलमा मलेसियासँग नेपालको हार

काठमाडौं ।  घरेलु टोली मलेसिया विरुद्धको महिला टि ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाललाई १३ रनले हराउँदै मलेसियाले ५ खेलको सिरिजमा २–१ को अग्रता बनाएको हो ।

वायुमास ओभल स्टेडियममा जितको लागि १ सय २१ रनको विजय लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १ रन ७ रनमा समेटियो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर १२० रन बनायो । उसका लागि ओपनर आइना हासिमले ५८ बलमा ५ चौका प्रहार गर्दै ६१ रन जोडिन् भने मास एल्साले ३० बनाइन् ।

बलिङमा नेपालका लागि कविता जोशी र कविता कुँवरले २–२ विकेट लिए । नेपालका लगि सम्झना खड्काले १८ रन र रूबि पोद्दारले ३१ रन  जोडे । कविता कुँवरले १५ रन बनाउँदा कप्तान इन्दू बर्माले नटआउट २२ रन बनाइन् ।

यो जितसँगै मलेसियाले सिरिजमा २–१ को अग्रता लिएको छ । यसअघि पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा नेपाल विजयी भएका थिए । अब चौथो खेल मंगलबार हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected