२५ आश्विन २०८२, शनिबार
कोशी मुख्‍य समाचार विशेष समाचार

जेनजी प्रदर्शनका मृतक परिवारलाई राहत रकम वितरण

धरान सुनसरी, १२ असोजः गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका दुई मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति रकम वितरण गरिएको छ ।

इटहरी उपमहानगरपालिका कार्यालयअगाडि भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका २३ वर्षीय अभिषेक श्रेष्ठ र मोहन सरदारका परिवारलाई सङ्घीय सरकारबाट प्राप्त रकम आज हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रत्येक मृतकका परिवारलाई राहतस्वरूप रु १० लाख र क्षतिपूर्तिबापत रु पाँच लाख गरी जम्मा रु १५ लाख रकम वितरण गरिएको बताए । यो रकम गृह मन्त्रालयमार्फत प्राप्त भएको थियो ।

यस्तै, कोशी प्रदेश सरकारबाट किरिया खर्चबापत थप रु एक लाख जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।

थप समाचारहरु

कोशी समाचार समाज

धरानमा गोली हानी युवकको हत्या, रकम र मोबाइल पनि लुटियो

५ साउन, विराटनगर । सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका -५
कोशी प्रदेस समाचार समाज

कोशीका सवा २ लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, ५ हजार मरे

६ साउन, झापा । कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’