२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

महावीर पुनले भने : मलाई कवाडी वैज्ञानिक मन्त्री भन्नु

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन् ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमा सिफारिस गरेपछि पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई मन्त्री भन्न साह्रै रहर भए कवाडी वैज्ञानिक मन्त्री भन्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘मेरो पहिलो घोषणा– कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नू होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नपर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला । मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नु होला ।’

उनले आफ्नो पहिलो घोषणा भन्दै आफूलाई कसैले बधाई भनेर फोन नगर्न र खादा माला लिएर नआउन समेत भनेका छन् ।  मन्त्रीका लागि सिफारिस भएका पुनले आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।