२६ आश्विन २०८२, आईतवार
अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार

नेपाल राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्ने

काठमाडौं । वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (आईतबार) ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैछ ।

निक्षेप संकलन उपकरण अन्तर्गत बोलकबोलमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् । न्यूनतम १० करोडदेखि अधिकतम ५ करोडको गुणनफल हुने गरी बोलकबोल गर्न सकिनेछ ।

सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ । निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८२ असोज १२ गते हुनेछ । हाल कुल निक्षेप ७२ खर्ब नाघेको छ । राष्ट्र बैंकले बजार ब्याजदर स्थिर राख्न दीर्घकालीन निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत पटकपटक तरलता व्यवस्थापन गर्दै आएको छ ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने